कक्षा १२ को परीक्षा भदौ ३० गते देखि सुरु

हेटौंडा टुडे
२०७८ भाद्र १७, बिहीबार १०:४८ गते

हेटौँडा/ कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बुधबार बसेको बैठकले गत साउनमा स्थगित परीक्षा भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । कक्षा १२ मा झण्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय भएको परीक्षा साउन ३१ गते शुरु गर्ने भनिए पनि कोरोना संक्रमण उच्च भएपछि रोकिएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मुल्यांकनका लागि परीक्षा लिएको थियो । तर यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

कोरोना संक्रमणबाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमै विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*