नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा पोखरेल

हेटौडा टुडे
१७ भाद्र २०७८, बिहीबार १६:३४

हेटौँडा/ नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् । यस्तै, पार्टीको उपाध्यक्षमा मिना लामा र सचिवमा विष्णु दाहाल चयन भएका छन् । नेकपा एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्व रहने गरी गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो । मकवानपुर जिल्ला भेला तथा रुपान्तर कार्यक्रमले पोखरेलको संयोजकत्वमा २५५ सदस्यीय जिल्ला कमिटि घोषणा गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*