
हेटौँडा/ बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मकवानपुरको बकैया गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गरेको छ । राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले बकैया-३ हात्तीसुँडेमा गाउँपालिका पार्टी कार्यालय उद्घाटन गरेका हुन् । पार्टी कार्यालय उद्घाटनसँगै अध्यक्ष थापाले अगुवा कार्यकर्तासँग छलफल पनि गरेका छन् । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौला, राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, सचिव सागर थापा, बकैया गाउँपालिका अध्यक्ष राजाराम अर्याल, युवा संगठनको प्रदेश समितिका अध्यक्ष दामोदर वाग्लेको पनि उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्