हेटौंडामा अपाङ्गता भएकाहरुको विवरण सफ्टवयरमा, परिचयपत्र वितरण सुरु

हेटौंडा टुडे
१८ भाद्र २०७८, शुक्रबार १२:२२

हेटौँडा/ हेटौंडा उपमहानगरपालिकाले अपाङ्गता भएकाहरुको विवरण सफ्टवयरमा राखेको छ । १९ वटै वडाका अपाङ्गता भएकाहरुको विवरण सफ्टवयरमा राखिएको हो । सफ्टवयेरका माध्यमले तयार पारिएका अपाङ्ग परिचयपत्र वितरणको काम सुरु गरेको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले अपाङ्गता भएका व्यक्तिलाइ परिचयपत्र वितरण गरेर कार्यक्रमको उद्घाटन् गर्नुभयो । अव उपमहानगरपालिका क्षेत्रभित्र रहेका ५ सय ६७ जना अपाङ्गता भएका व्यक्तिलाई सफ्टवयरमा समावेस गरेर परिचयपत्र वितरण गरिने भएको मेयर महतले वताउनुभयो ।

उपमहानगरपालिका कार्यालय र वडा–वडामा शिबिर सञ्चालन गरेर परिचयपत्र वितरण कामलाई तिब्रता दिइने उहाँले वताउनुभयो । एकैदिन १७ जनालाई डिजीटल परिचयपत्र वितरण गरिएको छ । यो परिचयपत्र अपाङ्गता भएका क, ख, ग र घ वर्गका व्यक्तिलाई वितरण गरिने उपमहानगरपालिका महिला तथा बालबालिका महासाखाका प्रमुख जगनाथ सापकोटाले वताउनुभयो । क र ख बर्गका अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् भने ग र घ बर्गकाले राज्यबाट पाउने अरु सुबिधा प्राप्त गर्ने उहाँले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*