हेटौंडा। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडामा नयाँ नेतृत्व चयन भएको छ ।
आज भएको भेलाले अध्यक्षमा राधिका बिक र सचिव मिना अधिकारी सहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । भेलामा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य प्रमिला पुलामी, जिल्ला अध्यक्ष लक्ष्मी पाख्रिन, हेटौंडा नगर अध्यक्ष नमुना पाण्डे, नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य श्याम सुन्दर परियार, नगर कमिटि सदस्य बिजय गौतम, राजकुमार बानियाँ, वडा अध्यक्ष बासुदेव कट्वाल लगायतको आतिथ्यता रहेको थियो । भेला निर्मला अधिकारीको सभाध्यक्षतामा भएको हो ।
सेयर गर्नुहोस्






















