कांग्रेस मकवानपुरको वडा अधिवेशन सम्पन्न

हेटौंडा टुडे
२०७८ भाद्र २१, सोमबार ११:३१ गते

हेटौँडा/ नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनबाट वडा सभापति, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना, कोषाध्यक्ष र सदस्यहरु चयन भएका छन् । समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने विभिन्न कोटाहरु जातजाती, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्मिल लगायतको प्रतिनिधित्व रहेको प्रवक्ता कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

आइतबारबाट सुरु भएको वडा अधिवेशन सोमबार सम्पन्न भएको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । प्रवक्ता कोइरालाका अनुसार, जिल्लाको १०२ वटै वडामा अधिवेशन सम्पन्न भएको हो । जसमध्ये १३ वटा वडामा मतदान प्रकृया निर्वाचन बाट र बाँकी ८९ वडामा निबिरोध वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो ।कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा गर्न निर्देशन दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*