मकवानपुरका थप १० जनप्रतिनिधिद्वारा नेकपा एसमा शनाखत

हेटौंडा टुडे
२२ भाद्र २०७८, मंगलवार १२:०९

हेटौँडा/ मकवानपुरको बागमती गाउँपालिकामा मंगलबार बिहान एक जनाको शव फेला परेको छ । मकवानपुरमा थप १० जना जनप्रतिनिधिले नेकपा एस रोजेका छन। सोमबार हेटौंडा ५ मा रहेको निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नेमा इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा,हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा १ का सदस्य इश्वरी कामी, रइन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनराज महर्जन,थाहा नगरपालिका वडा नम्बर ११ का सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिना, इन्द्र सरोबर ५ का वडा सदस्य कृष्ण जीत लामा,इमान लो, इन्द्रसरोबर गाउँपालिका कार्यपालिका सदस्य दुर्गावती थोकर र मन्जु रुम्बा रहेका छन् ।यसअघि विहीबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान लगायत २५ जना जनप्रतिनिधीले एमाले छाड्दै एकीकृत समाजवादीमा सखानत गरिसकेका छन । योसँगै हाल सम्म एमाले त्यागेर नेकपा एस रोज्ने जनप्रतिनिधिको संख्या ३५ पुगेका छन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*