चाडपर्वले नेपालीहरुमा भाइचाराको सम्बन्ध बढाउँछ – नेता बानियाँ

हेटौंडा टुडे
२०७८ भाद्र २४, बिहीबार १५:२० गते

हेटौँडा/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले हरितालिका तीज पर्वले आम नेपालीहरुमा समृद्धि ल्याउन सकोस् भन्दै शुभकामना सन्देश जारी गरेका छन् । उनले नेपाली महिलाहरुको आस्था, सद्भाव र विश्वासको विशेष पर्वको रुपमा रहेको तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका महिला दिदीबहिनीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना दिएका हुन् ।

उनले समयअनुसार चाडपर्व मनाउने तरिका पनि परिवर्तन भएको भन्दै आफ्नो क्षमता अनुसारको खर्च गरेर परम्परा र संस्कृतिलाई जगेर्ना गरी पारिवारिक सद्भाव बाँडेर पर्व मनाउन आग्रह गरे । कोरोना संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सुरक्षित तवरले पर्व मनाउनुपर्ने अवस्था रहेकोले आम नागरिकहरुले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरी पर्व मनाउन आह्वान गरे ।

बहुभाषिक, बहुधार्मिक र बहुसाम्प्रदायिक देशवासी नेपालीहरुलाई चाडपर्वहरुले एकताको सुत्रमा बाँध्दै भाइचाराको सम्बन्ध कायम राख्न सहयोग गरेको उनको भनाई छ । उनले देशलाई समृद्धि बनाउन यस्ता चाडपर्वहरुको महत्वपूर्ण योगदान रहेको भन्दै भौलिक परम्परा र संस्कृतिलाई मर्न दिन नहुनेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*