हेटौँडा/ नेपाली कांग्रेस मकवानपुरको १०२ वडामा सम्पन्न निर्वाचनबाट एक जना महिला सभापतिमा निर्वाचित भएकी छिन। मकवानपुरका दश वटा स्थानीय तह अन्तर्गतका १०२ वडामा भदौं २० गते सम्पन्न अधिवेशनले एउटा वडामा महिला सभापति निर्वाचित भएकी हुन।अधिवेशनबाट निर्वाचित एकल महिला सभापतिमा मञ्जु थापा रहेकी छिन। थापा भिमफेदी गाउँपालिका वडा नम्बर २ को नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी हुन। थापा र अर्का उम्मेदवार सुमित्रा नेगी विच भएको निर्वाचनमा थापाले १३ मतान्तरले सभापतिमा निर्वाचित भएकी हुन।त्यसैगरी थापा नेतृत्वको १७ जनाको नयाँ कार्य समितिमा १० जना महिला रहेका छन।
सेयर गर्नुहोस्