हेटौँडा/ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याललाई नियुक्त गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका अर्याललाई आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । रसुवा जिल्ला निवासी अर्यालले प्रदेशको राज्यमन्त्री सरह सुविधा प्राप्त गर्नेछन् ।
सेयर गर्नुहोस्