
काठमाडौँ / सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा अमेरिकी सहायता परियोजना ९एमसीसी० र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित रहेको जनाइएको छ।नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछिको अवस्थामा बैठक बसिरहेको हो।
यस्तै लामो समय हुँदा पनि सरकारले पूर्णता नपाउँदा सबैतिरबाट आलोचना हुँदै आएको छ। गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो।
संसदको ठूलो दल नेकपा एमाले फुटेर त्यसका वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा ९एकीकृत समाजवादी० गठन भएपछि पनि सरकार विस्तार हुन सकेको छैन।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपालसहित जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता छ।

