हेटौँडा / जनता सामाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले सुज अभियानको सुरुवात गरेको छ । अभियान जसपा केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडाले उद्घाटन गरेका हुन् ।जसपाले मकवानपुरमा संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान शनिबारबाट सुरुवात गरेको हो । हेटौंडाको रोयल पाटी प्यालेसमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य शुभरत्न गोले, कार्यक्रम संयोजक विद्युत् बज्राचार्यलगायतले मनतव्य व्यक्त गरेका थिए ।
सेयर गर्नुहोस्






















