
हेटौंडा/नेपाली कांग्रेसको आसन्न अधिवेशनमा क्षेत्रीय सभापतिमा कविन सांगामी र गाउँपालिका सभापतिमा दिलबहादुर बोम्जनले उम्मेदवारी घोषणा गरेका छन् ।
सांगामीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सांगामी अहिले हेटौंडा नगर कार्यसमिति कोषाध्यक्ष रहेका छन् । उनी मकवानपुरका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय छन् ।
बोम्जनले बकैया गाउँपालिका सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘सबैको सल्लाहमा मैले गाउँपालिका सभापतिमा उम्मेदवारीको घोषणा गरेको छु, साथ पाउने अपेक्षा गरेको छु ।’–बोम्जनले भने । बकैया गाउँपालिका वडा नम्बर ३ का निर्वाचित अध्यक्ष बोम्जनले यसअघि तरुण दलको क्षेत्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी महाधिवेशन प्र्रतिनिधि पनि भईसकेका छन् ।

सेयर गर्नुहोस्