हेटौँडा/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णयबाट ८५ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयबाट सहसचिवहरूलाई सरुवा तथा काम काजमा खटाइएको हो । सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालयका साथै प्रदेशका सचिवहरूको सरुवा गरिएको हो ।
सेयर गर्नुहोस्






















