नेकपा एकीकृत समाजवादी मकवानपुरको कार्यालय शुभारम्भ

हेटौंडा टुडे
२०७८ भाद्र ३१, बिहीबार १२:४४ गते

हेटौँडा/ नेकपा एकीकृत समाजवादी मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, शितल महलचोकस्थित पार्टी कार्यालयको आज विहीबार एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन् । सोही उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य न्यौपानेले नेताहरुको रगत पसिनाले निर्माण गरिएको पार्टी बिसर्जनबादीका हात पुगकोले एकीकृत समाजवादी पार्टी निर्माण गर्नुपरेको प्रष्ट्याए । ‘हामीले समाजवादका आधार निर्माण गर्न थाल्यौं, उहाँहरुले त्यसलाई भत्काउन थाल्नुभयो । हामी त्यो पार्टीमा बस्न सकेनौं ।’ न्यौपानेले भने ।

उनले जनतामा आधारित, सिद्घान्तनिष्ठ, बलियो देशव्यापी कम्युनिष्ट पार्टी निर्माण गरिएपनि बलियो कम्युनिष्ट पार्टीलाई छियाछिया पारिएको बताए । न्यौपानेले भने, ‘जनक्रान्तिको उपलब्धिबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको रक्षा गर्न हामी लाग्यौं । उहाँहरु त्यो उपललब्धिलाई छिन्नभिन्न बनाउँने काममा लाग्नुभयो ।’ उनले अहिले एमाले मुद्घा, इमान नभएको कमाउनिष्टहरुको डब्फा बनेको आरोप लगाए ।

उनले एमाले संसद देख्नै नसक्ने पार्टी बनेको बताउँदै भने, ‘आफ्नो बर्चश्व रहेको संसद विघटन गर्ने, वर्चश्व नभए घेराबन्दी गर्ने, दंगा फसाद गरेर गुरिल्ला युद्दझैं सभामुखमाथि हमला गरी संसद चल्न नदिने पार्टी भनेको एमाले हो ।’ केपी ओली नेतृत्वको एमाले पार्टी संसद विरोधी भएको जनताले बुझेकाले अब संसदको सर्वोच्चताको विरोधीले अब कुन मुखले भोट माग्ने भन्दै उनले प्रश्न गरे ।

‘समाजवादको मुद्घा ध्वंस गर्ने, प्राप्त उपलब्धि ध्वस्त पार्ने रु अब के मुद्घा लिएर जनताको माझमा जाने रु’ उनले भने, ‘पाँच वर्षलाई दिइएको जनमत तीन वर्षमै दुईदुई पटक संसद विघठन गर्नेले चुनावमा जनतासंग के भनेर भोट माग्ने रु’ अब एमालेले सर्वहारा, श्रमजिवी जनताको प्रतिनिधित्व नगर्ने भन्दै नेता न्यौपानेले सो पार्टीले जमानत जोगाउन पनि नसक्ने दाबी गरे । आफूहरु आबद्घ पार्टी एकीकृत ९समाजवादी ० अहिले सानो भएपनि सही मुद्घा भएकाले भविष्यमा ठूलो हुने बताए । ‘माओत्सेतुङले भनेझैं सही मुद्दा भएमा प्राप्त नभएको सत्ता प्राप्त हुन्छ, गलत मुद्दा भएमा प्राप्त भएको सत्ता पनि गुम्छ ।’ उनले भने, ‘हामीसंग सही मुद्दा भएकाले सत्ता प्राप्त गर्छौ । हामी नेताको पछि होइन, नीती, विधी र पद्दतिको पछि लाग्नुपर्छ । ’

उनले नयाँ पार्टीलाई जनताको पार्टी बनाउँन लागिपर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए । भने, ‘निराश नबनी जाँगरिलो हुँदै, हाँस्दै रमाउँदै पार्टी निर्माणमा लाग्नुस् ।’ उनले भुल, भ्रम र लोभबाटगलत बाटोमा लागेकाहरु पनि एकीकृत समाजवादीमा फर्किने आशा व्यक्त गरे । यस्तै, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले आफूहरु सामु हिजो जनताका बिचमा गएर गरिएको प्रतिबद्घता पूरा गर्ने दायित्व आइपरेको बताए । यसका लागि उच्च मनोबलका साथ आफूहरु जुट्ने पनि बताए । ‘हाम्रो पार्टीलाई मकवानपुरमा एक नम्बर पार्टीका रुपमा स्थापित गराउँन चाहान्छौं ।’ अध्यक्ष पाख्रेलले भने, ‘अब हामी जिल्लाको दश वटै पालिका, १०२ वटै वडामा पार्टीको कार्यक्रम लिएर जानेछौं । कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु ललित बस्नेत, मुनु सिग्देल, सुर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल लगायतको आतिथ्यता थियो ।

यसैबीच, पार्टी जिल्ला कमिटिको सपथग्रहण आगामी असोज ९ गतेका लागि तय गरिएको छ । यो दिन पार्टी नगर कमिटी समेत घोषणाको तयारी गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए । पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सो दिन अनेमसंघ, युवासंघ, अनेरास्ववियूको जिल्ला कमिटि घोषणा गरिने तयारी भएको उनले बताए । तू खबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*