
हेटौँडा/ शुक्रबार हेटौँडा-१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ३३ जनाको स्वाब संकलन गरिएको छ । कोरोना शंका लागेका ३३ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका छन । जसमा १४ जना महिला र १९ जना पुरुष रहेका छन। संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए।


सेयर गर्नुहोस्