हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ मा बिभीन्न पाटी परित्यागगरी नेकपा एमालेमा ९८ जना प्रवेश गरेका छन् । नेकपा एमाले हेटौंडा १७ नम्बर वडा कमिटीले आयोजना गरेको पाटी भेटघाट तथा चियापना कार्यक्रमका अवसरमा नेपाली काग्रेश, नेकपा माओबादी, राप्रपा लगायतका पाटी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रमलाई संबोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले चुच्चेखोलाबाट राजदेवि क्षेत्रमा वर्षेनी धेरै बजेट विनीयोजन गरेको वताउँदै धेरै पुरानो सडक भएपनि आफु निवार्चित भएर आउनु भन्दा पहिले यस क्षेत्रमा पीच देख्नै समस्या थियो । तर, अहिले आसपाल पिच, सडकमा स्लाब ढलान लगायतका धेरै काम गरिएको छ ।’
फेरी पनि राजदेविको मुल सडक पक्की निर्माण गर्नका लागि ४० देखि ५० लाख रुपैयाँ सम्म बजेट खर्च गरिने मेयर महतले वताउनुभयो । पुरानो वस्ती भएपनि सबैको ओझेलमा परेकाले यसलाई ध्यान दिएर काम गरिएको वताउनुभयो ।