
हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यस प्रदेशको समतामूलक विकासका लागि तत्कालै “शुसासन तथा समाजवाद उन्मुख कार्यक्रम’’ ल्याउने घोषणा गर्नु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवस २०७८ का अवसरमा आज हेटौंडा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएकोले यसै अनुसार काम गर्न लागिएको वताउनुभयो ।
ऐतिहासिक जननिर्वाचित संविधानसभावाट २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएको महत्वपुर्ण दिनको सम्मान स्वरुप आज संविधान दिवस र राष्ट्रिय दिवस मनाइएको उहाँले वताउनुभयो । मुलुकमा भएका विभिन्न कालखण्डका सङघर्ष र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जन क्र्र्रान्तीमा आफ्नो अमुल्य जीवनको बलिदान दिनुहुने सम्पुर्ण वीर शहीदहरुमा भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै घाईतेहरु प्रति सम्मान प्रकट समेत उहाँले गर्नुभयो ।
मुलुकमा भएका विभिन्न कालखण्डका सङघर्ष र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलन सहितका विभिन्न आन्दोलनमा आफ्नो अमुल्य जीवनको आहुती दिनुहुने सम्पुर्ण वीर शहीदहरुमा भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै घाईतेहरु प्रति सम्मान प्रकट गर्नुभयो ।
नेपाल देश वहुजातीय, वहाभाषिक, वहुसास्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण रहेको वताउँदै मुख्यमन्त्री शाक्यले भन्नुभयो–‘हाम्रो देश समाजिक एकता आपसी सदभाव र सहिष्णुतामा आधारित छ । मुलुकको समृद्धिका लागि नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षा अनुरुप वागमती प्रदेशको दिर्घकालिन सोच “स्वस्थ, सुसंसकृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश’’ लाई पूरा गर्न आजको दिन महत्वपुर्ण हुने अपेक्षा गरेको छु ।’
समाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको यस महत्वपूर्ण लक्ष्य प्राप्तिका लागि सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आमनागरिकहरु समेत क्रियाशील हुन आवश्यक रहेको वउाँले वताउनुभयो । आजको दिनले हामी सबै वागमती प्रदेशवासीलाई नेपालको संविधानका मूल्य र मान्यताहरु आत्मसाथ गरी अघि वढ्दै संविधानको पूर्ण पालना गर्न आफुरु प्रतिवद्ध रहेको वताउनुभयो । महिला सहितको समानुपातिक समावेशीको माध्यमबाट संघ, प्रदेश र स्थानीय तहको सहमति, सहकार्य र सहअस्तीत्वलाई अँगाल्दै समृद्धि प्राप्त गर्ने तर्फ हामी आगाडी वढेको उहाँले वताउनुभयो ।
कोभिड १९ को महामारीवाट उत्पन्न यस कठिन परिस्थितिलाई मध्यनजर गर्दै मानव जीवन रक्षार्थ सजग र सचेत भई दैनिक कृयाकलाप सञ्चालन गर्न प्रदेशवासी सबैमा अपिल समेत गर्नुभयो । नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र दृढसङ्कल्पबाट प्राप्त संविधानको कार्यान्वयन मार्फत समृद्धि हासिल गर्न सकौ भनी सुभेच्छा समेत प्रकट गर्नु भएको छ । जनपत्रबाट साभार

