हेटौँडा/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को अध्यक्षमा बिहाल थापा चयन भएका छन् । शनिबार भएको वडास्तरीय भेलाले थापाको संयोजकत्वमा ५५ सदस्यीय कमिटी गठन भएको हो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय ५० जना नेकपा एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कमिटीको उपाध्यक्षमा विमान सिंह रुम्बा, राम राज सुवेदी, उमेश तामाङ, सचिवमा कृष्ण केसी, सह–सचिव शिव चौहान र कोषाध्यक्ष सुजिता केसी चयन भएका छन् । सो भेलाले मदन मण्डारी स्र्पोट्स एकेडेमीको अध्यक्षमा कृष्णप्रसाद अर्याल चयन गरेको छ ।
कार्यक्रममा एमाले मकवानपुरका उपाध्यक्ष गोपाल श्रेष्ठसहित पार्टी जिल्ला कमिटिका नेताहरु, युवा संघका स्थायी कमिटि सदस्य सन्तोष चौँलागाई, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती सहित युवा संघका नेताहरुको आतिथ्यता रहेको थियो ।