कांग्रेस बकैया गाउँपालिकाद्वारा वडा सभापति तथा पुराना नेताहरुलाई सम्मान

हेटौंडा टुडे
३ आश्विन २०७८, आईतवार १६:०९

हेटौँडा/ नेपाली कांग्रेस बकैया गाउँपालिकाले कांग्रेसको १४ औं महाधिबशेनको लागि भएको वडा अधिबेशनबाट नवनिर्वाचित वडा सभापतिहरु तथा पुराना नेताहरुलाई आईतबार सम्मान तथा प्रमाणपत्र वितरण गरेको छ । कांग्रेस बकैया गाउँपालिका सभापति भूमिनन्द गौतमको सभाध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा बकैयाका १२ वटा वडाका नवनिर्वाचित वडा सभापतिहरु तथा बकैया गाउँपालिकाका पुराना नेताहरुलाई सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार रिता खनाल, प्रभातकुमार दाहाल, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्यहरु अमृता थापा मगर, सुशान्त श्रेष्ठ, ईन्दिरा न्यौपाने, भीमसेन महत, सुनिल अधिकारी, संघीय सभापति दामोदर खनाल, महासमिति सदस्यहरु दामोदर सुवेदी, धर्म लामिछान, उर्मिला पुलामीे, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, महिला नेतृ अञ्जना उपाध्यायलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*