हेटौंडा ११ नवलपुरमा स्थानीय चालकले गरे सडक अवरुद्ध

टुडे संवादाता
५ आश्विन २०७८, मंगलवार १०:४५

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित नवलपुरमा स्थानिय र चालकले सडक अवरुद्ध गरेका छन् ।

चितवनमा ट्राफिक प्रहरीले एकजना चालकलाई ज्यादती गरेको र सोही चालकले हेटौंडा-११ नवलपुरमा आएर राजमार्ग अवरुद्ध गरेको मकवानपुर प्रहरी जनाएको छ ।
चालक हेटौंडा-११ निवासी रहेको र स्थानीय तथा सोही चालकले राजमार्ग अवरुद्ध पारेको भन्ने बुझिएको मकवानपुर प्रहरीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए। 

प्रहरी टोली घटनास्थलतर्फ गइसकेकोले राजमार्ग संचालनमा आउने प्रहरी निरिक्षक दासले बताए। चालकले राजमार्ग अवरुद्ध गरेपछि यति बेला हेटौंडाबाट बाहिरिने र हेटौंडा भित्रिने सवारी तथा यात्रु अलपत्र परेका छन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*