मकवानपुरगढीमा १४ करोडको लागतमा पक्की पुल बन्दै

हेटौडा टुडे
६ आश्विन २०७८, बुधबार १०:२२

हेटौंडा । मकवापनुरगढी गांउपालिकामामा १४ करोडको लागतमा पक्की पुल निर्माण कार्यको सुरु भएको छ । मकवापनुरगढी गांउपालिका वडा नम्बर २ लामिडाडा र वडा नम्बर ३ धमिले  सोल्टिमोडबाट गांउपालिका वडा नम्बर ६ डुम्रेकुना जोड्ने १२० मिटर लम्बाइको पक्की पुल निर्माण कार्यको  हिजो मंगलबार मकवापनुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले शुभारम्भ  गर्नुभएको छ ।

उक्त पक्की पुल संघीय सरकारको १४ करोडको लागतमा निमार्ण हुन लागेको र हाल सम्मकै पालिककाको महत्वपुर्ण र ठुलो योजना रहेको पालिका अध्यक्ष विदुर हुमागाईले हेटौंडा टुडेलाई जानकारि दिनु भयो । अध्यक्ष विदुर हुमागाईले समयमै पुलको निर्माण कार्य सम्पन्न गर्न  ठेकेदार कम्पनि अनक कन्स्ट्रकसनलाई निर्देशन दिनुभएको छ । सोहि अनुसार आगामी वर्ष २०७९ साल जेठ सम्म पक्की पुल निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्यको ठेक्का पाएको निर्माण कम्पनिले  कार्य तिब्र रुपमा अगाडि बडाईरहेको छ ।

पक्की पुल निर्माण भएपछि मकवानपुरगढी वडा नम्बर  ६, ७, ८ का नागरिकले गांउपालिका आवतजावतमा सहजता हुने हुमागाईले बताउनु भयो । गांउपालिकामा वडा नम्बर २,३,५,६,७,८ का बासिन्दालाई गाउपालिका ओहोदोहोरमा बर्षातको समयमा हैरानी ब्यहोर्नु परिरहेको थियो । यो पुल निमार्ण सम्पन्न भए पश्चात वडा नम्बर ५ मा भएको अस्पतालमा ओहोर दोहोर गर्नको निम्ति पनि पालिका बासिहरुलाई सहज हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*