काङ्ग्रेस थाहा नगर सभापतिमा प्रमोदकृष्ण जोशीले उम्मेदवारी दिने

हेटौंडा टुडे
८ आश्विन २०७८, शुक्रबार ११:२३

हेटौँडा/ नेपाली काँग्रेसको थाहानगरको येहि असोज ९ गते हुने नगर अधिवेशनमा प्रमोदकृष्ण जोशीले सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । जोशीले एकताबद्ध मजबुत काङ्ग्रेस बनाउन आफ्नो उम्मेदवारी भएको बताउनु भयो । उहाँले समृद्ध थाहा नगर बनाउन अन्य दलहरुसंग र सरकारी तथा गैर सरकारी संस्थाहरूको समभाब र सहकार्य बढाउन पनि आफ्नो उम्मेवारी रहेको बताउनुभयो । जोशीले पनि आफू बलियो उम्मेदवार रहेको बताउनु भयो । २०४६ सालदेखि काँग्रेसको अभियानमा सहभागी जोशीले २०५२ सालमा क्रियाशील सदस्यता लिनु भएको थियो । २०५२ सालमै नेपाल विद्यार्थी संघको क्षेत्रीय अध्यक्ष हुँदै २०५६ सालमा तत्कालिन बज्रबाराही गाउँ इकाइ समितिको सभापति समेत भइसक्नु भएको छ । उहाँले पनि आफू कुनै गुटको नभई सिंगो काँग्रेसको उम्मेदवार रहेको बताउनु भएको छ । जोशीले आफ्नो नेतृत्वमा पार्टी समिति निर्माण भए अबको स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा ल्याउनको लागि समेत उम्मेदवारी रहेको बताउनु भयो । जोशी राष्ट्रिय उपभोक्ता मञ्च थाहानगरको संयोजक, नेपाल पानी सदुपयोग फाउन्डेशन थाहानगरमा संयोजक, रोटरी स्याटलाइट क्लव अफ काठमाडौं वेष्ट टिष्टुङका सदस्य समेत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*