कांग्रेस हेटौँडा नगर सभापतिमा ईटेनीको ‘पल्लाभारी’

हेटौंडा टुडे
८ आश्विन २०७८, शुक्रबार १५:४१

हेटौँडा/  कार्यकर्ताको नजिक जो नेता रहन्छ,जसले कार्यकर्ताको गुनासोलाई सम्बोधन गर्छ कार्यकर्ताले त्यस्ता नेतालाई मन पराउँछन् र निर्वाचनमा कार्यकर्ताको अमूल्य मतले जित हासिल गर्छन् । नेपाली कांग्रेस मकवानपुरका एक क्षेत्रीय प्रतिनिधित्वको भनाई हो यो । १४ औं महाधिवेशनको प्रक्रिया अघि बढिरहँदा विभिन्न तहका नेता चयन गर्ने कांग्रेस कार्यकर्ता नेताहरूको विशेषताबारे चोकचौतारोमा छलफल गरिरहेका छन् ।

अहिले नेपाली कांग्रेस मकवानपुर दशवटा स्थानीय तहको १०२ वडाको निर्वाचन सम्पन्न गरेर नगर र गाउँरनगर निर्वाचनमा होमिएको छ । असोज ९ गते शनिबार कांग्रेस मकवानपुरको १० वटा स्थानीय तहको निर्वाचन कार्यतालिकालाई सार्वजनिक भइसकेको छ । १० वटा पालिकाको नेतृत्वका लागि उम्मेदवारी घोषणा हुने क्रम जारी छ । यसैक्रममा कांग्रेस हेटौंडा उपमहानगर नगर कार्य समितिको निर्वाचनमा कांग्रेस युवा नेता उत्सव ईटेनी, युवा व्यवसायी तथा नेबिसंघ मकवानपुरका पूर्वअध्यक्ष महेन्द्र राउत र हेटौंडा (५ का वडाध्यक्ष राजेश बानियाँ गरी तीन जनाको चर्चा छ । ईटेनी र राउत आफ्नो चुनावी अभियान खुलेरै हिडेका छन् । बानियाँ बाहिरी अभियानमा नहिडे पनि वडा अध्यक्ष भएपछि गरेको कामले पनि उनको चर्चा कायमै छ । सबैले आफुलाई हेटौंडा नगर सभापतिको उम्मेदवार दावी गरिरहँदा यतिबेला मतको जोड घटाउ शुरू भइसकेको छ । समग्र कांग्रेस मकवानपुर र हेटौंडामा कांग्रेस फुटाउन नभई जुटाउन आफ्नो उम्मेदवारी दावी गरेका कांग्रेस मकवानपुर युवा नेता तथा नेपाली कांग्रेस मकवानपुर कोभिड अनुगमन समिति संयोजक रहेका उत्सव ईटेनीको ुपल्लाभारीु रहेको उनका समर्थक जोड छ । कांग्रेस मकवानपुरका अधिक नेताहरूको साथले ईटेनीको सभापतिमा पल्लाभारीु देखिएको हो।

ईटेनीलाई हेटौंडा-८ को कार्यसमितिमा युवा नेतृत्वसहित सम्पूर्ण प्यानल नै विजयी भएका नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका वडा सभापति भुपेन्द्र कोइरालाको साथ रहेको छ ।१६ क्षेत्रीय प्रतिनिधि सहित वडामा आफ्नो टिम सहित विजयी भएका कोइराला राजनीतिका चतुर खेलाडी मानिन्छ।अवस्थालाई सहजै फोस गर्न सक्ने र माहोल पक्षमा पर्न सक्ने खुबी भएका भुपेन्द्र कोइरालाको साथले ईटेनीलाई प्रतिद्वनदीसँग मतान्तर बढाउन सहयोग पुग्नेछ ।

त्यस्तै,ईटेनीलाई युवा जनमत जुटाई हेटौंडा १६ नम्बर वडामा कम्युनिष्टको किल्ला तोडेर कांग्रेसबाट प्रतिनिधित्व गरेका हेटौंडा-१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा-१५ को वडाध्यक्षमा निर्वाचित महारत्न लामा र पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका

हेटौंडा -१ का वडाध्यक्ष सविन न्यौपानेको पनि साथ रहेको दावी छ ।कांग्रेस खोज्न बाहिरी जिल्ला जानुपर्छ भन्ने मकवानपुरे कम्युनिष्टको दम्भलाई गलत सावित गर्न हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा कांग्रेस जागरण अभियानमा दिन रात नभनी लागि परेका कांग्रेस वर्तमान हेटौंडा नगर सभापति आनन्दराम पराजुलीको पनि समर्थन रहेका ईटेनीलाई कांग्रेस मकवानपुरका नेतृत्व पंक्तिमा रहेका नेता कार्यकर्ता र क्षेत्रीय प्रतिनिधिले हौसला दिएका छन् । नगर सभापति सहित कार्य समितिलाई हेटौंडाका १९ वडाका सभापति सहित ४२० क्षेत्रीय प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था अनुरूप इटेनीको पक्षमा बहुमत प्रतिनिधिले मत दिने भन्दै उनका समर्थक उत्साही देखिन्छन् । इटेनी अहिले आफ्नो टिम निर्माणको गृहकार्यमा लागेका छन् । उनी शिर्ष नेतृत्वसंग समन्वय गरि अधिक स्वीकार्य टिम बनाउने गृहकार्य गरिरहेका छन् ।

नगर सभापतिका उम्मेदवार राउतले पनि आफ्नो टिम बनाउन र प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन् । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षको उम्मेदवार घोषणा गरेर अघि बढेका उनलाई दुबै चुनावको प्रचारप्रसारको चाँजोपाँजो मिलाउनु पर्नेछ ।

यता, मकवानपुर सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडा नगर सभापतिमा कसैको नजिकको नभई योग्य र लोकप्रिय उम्मेदवार आउनुपर्ने धारणा कार्यकर्ता माझ राख्दै आएका छन् । उनले मकवानपुरका १०२ वडामध्ये ८९ वडामा सर्वसम्मत ढंगले निर्वाचन सकिएको उदाहरण दिंदै गाउँरनगरको अधिवेशन पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरिरहेका छन् । उनले भए अधिकतम सहमती र नभए चुनावी प्रक्रियामार्फत सौहार्द्धपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्नुपर्ने विभिन्न कार्यक्रममा सम्बोधनका क्रममा बताउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*