मकवानपुरका स्थानीय तहमा काग्रेश अधिवेशनबाट को–को चुनिए ?

हेटौँडा/ नेपाली कांग्रेस मकवानपुरको पालिका अधिवेशनमा ४ वटा गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जसमा शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी अर्जुन दाहाललाई २७ मत अन्तरले पराजित गरेका हुन् । त्यस्तै उपसभापतिहरुमा थलनाथ घिमिरे र शुसिला फुँयाल सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा तथा सह सचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै, ईन्द्रसरोबर गाउँपालिकाको अधिवेशनले सभापतिमा विश्व लामा, बकैया सभापतिमा दिलबहादुर भोम्जन, भीमफेदी सभापतिमा सञ्जिव श्रेष्ठ र मनहरी सभापतिमा प्रकाश बर्तौला विजयी भएका छन् ।
काग्रेशको अरु स्थानीय तहको मतगणना सकिएर घोषणा गर्नेक्रम चलिरहेको छ । हेटौंडामा धेरै मतदाता भएकाले यसको नतिजा राती अवेर आउने वताइएको छ ।