
हेटौँडा/ मुटुको समस्या रहेका बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माको उपचार जारी रहेको उनको सचिवालयले जनाएको छ । प्रमुख शर्माको अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको हो ।
विगत ७ वर्षदेखि मुटु सम्बन्धि समस्या भई उपचाररत प्रमुख शर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत असोज ४ गतेबाट गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको थियो । उपचारका क्रममा प्रदेश प्रमुखको स्वास्थ्य अवस्था थप जटिल बन्न पुगेपछि उनलाई उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको थियो ।
शर्माको उपचारमा संलग्न डाक्टरको सल्लाहमा उनको आज विहानबाट मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको स्वकीय उपसचिव पारशमणि फुयालले जानकारी दिए । शनिबार दिनभरजसो प्रमुखको मुटुको चाल नै बन्द भई स्वास्थ्य अवस्था जटिल जस्तै बनेको बनेकोमा आइतबारबाट सुधार भएको स्वकीय उपसचिव फुयालले बताए ।
