गढीमा आजबाट कोरोना विरुद्धको खोप लगाईदै

हेटौंडा टुडे
१२ आश्विन २०७८, मंगलवार १२:३२

हेटौँडा/ मकवानपुरगढी गाउँपालिकामा आज देखी ३ दिन कोरोना विरुद्धको खोप लगाईदै छ । भोलि १३ गते र १४ गते वडा नं १–८ का सबै स्वास्थ्य संस्थाबाट यस अघि कोरोना विरुद्धको खोप नलगाएका ४० वर्ष माथीका नागरिक तथा १८ वर्ष पूरा गरेका विद्यार्थीहरुलाई पहिलो मात्रा खोप लगाईनेछ । तीन दिनमा करिब ५ हजार डोज खोप लगाइने गाउँपालिकाले जनाएको छ । यसैगरी आज वडा नं १ देखि वडा नं–८ का सबै स्वास्थ्य संस्थाबाट १९ सय जनालाई भेरोसेल खोपको दोश्रो मात्रा लगाउनेछ । गत भाद्र १७ र १८ गते कोभिड–१९ विरुद्धको प्रथम मात्रा खोप लगाएकालाई दोश्रो डोज खोप लगाउन लागिएको हो ।

यसरी आश्विन १२ गतेदेखि १४ गतेसम्ममा गत भाद्र १७ र १८ गते कोभिड –१९ विरुद्धको प्रथम मात्रा खोप लगाएका १ हजार ९ सय जनालाई दोश्रो मात्रा र कोभिड-१९ विरुद्धको हालसम्म कुनै पनि खोप नलगाएका ३ हजार ९ सय जनालाई प्रथम मात्रा खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताए । लामिछानेका अनुसार १४ गते मकवानपुरगढी स्वास्थ्य चौकीबाट ५ सय डोज र आमभन्ज्याङ्ग स्वास्थ्य चौकीबाट ५ सय डोज एस्ट्राजेनेका खोपको प्रथम मात्रा लगाइने कार्यक्रम रहेको हेटौँडा टुडेलाई जानकारी दिए ।

हालसम्म मकवानपुरगढीमा कोभिड-१९ विरुद्धको पुरा मात्रा लगाउने ३३०० जना रहेका छन । भने आश्विन १२ गतेको दोश्रो मात्रा लगाएपछि दुबै मात्रा लगाउनेको संख्या ५२०० जना पुग्नेछ । त्यस्तै यो चरणको खोप अभियान आश्विन १२-१४ गते संचालन भैसकेपछि कुल खोप लगाउनुपर्ने १८ बर्ष माथिको अनुमानित जनसंख्या २०६८ सालको जनगणनाको आधारमा ६८५ अर्थात १७,२१९ जना मध्ये १९.१६ प्रतिशत ९३३०० जनाले दुबै मात्रा र ४१.८१ प्रतिशत ९७२०० जनाले प्रथम मात्रा कोभिड-१९ विरुद्धको खोप प्राप्त गर्नेछ्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*