मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने

हेटौडा टुडे
१३ आश्विन २०७८, बुधबार १६:३८

हेटौँडा/ अल्पमतमा परेको बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन् । नेकपा एमालेको एकल बहुमत रहेको बागमतीमा पार्टी फुटको असरले सरकार अल्पमतमा परेको हो ।

नेकपा एमाले फुटेर नेकपा एकिकृत समाजवादी निमार्ण हुँदा १३ जना प्रदेश सांसदहरुले पार्टी छाडेर अल्पमतमा परेपछि विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बताएकी छन् ।

मुख्यमन्त्री शाक्यले यही २५ गते विश्वासको मत लिने तयारी गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*