
हेटौँडा/ हेटौंडा अस्पतालमा एक महिनाको अवधिमा १२ हजार २ सय भन्दा बढीले विभिन्न सेवा लिएका छन् । कोभिडको बेलामा दैनिक ३ सयदेखि ४ सयसम्म बिरामी सेवा लिन आउने गरेकोमा कोरोना संक्रमण दर घटेर बजार सबै खुलेलगत्तै हाल अस्पतालमा दैनिक ५ सयदेखि ६ सयसम्म बिरामीहरु अस्पतालमा आउने गरेको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड रामचन्द्र सापकोटाले बताए । कोरोना संक्रमण दर कम भएसँगै अस्पतालमा आउने बिरामीको संख्या बढेको छ । भने अस्पतालको सबै सेवा खुले लगतै अस्पतालमा आउने बिरामी चाप बढेको उनको भनाई छ ।
अस्पतालमा ३ महिनाको अवधिमा साउन महिनादेखि हालसम्म १ सय १४ जनाको शल्यक्रिया भएकोे छ भने ६ सय २३ जनाले अस्पतालमै नर्मल डेलिभरी गराएका छन ।


सेयर गर्नुहोस्