हेटौंडा उपमहानगरपालिकाले बोलायो प्रअहरुको बैठक

हेटौंडा टुडे
१७ आश्विन २०७८, आईतवार ११:१९

हेटौँडा/ हेटौंडा उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकको आव्हान गरेको छ ।

उपमहानगरपालिकाले दशैँपछि विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा छलफल गर्न र भदौ २७ गतेपछि खोलिएको विद्यालयमा कोरोना कहरकै अवधिमा कसरी पठनपाठन भइरहेको छ भन्ने बारे बुझ्न बैठक बोलाइएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत रामचन्द्र खड्काले जानकारी दिएका छन। उपमहानगरपालिकाले सामुदायिक विद्यालयका प्रअलाई असोज १८ गते र संस्थागत विद्यालयका प्रअलाई असोज १९ गते बैठक बोलाएको हो । प्रस्टखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*