क्याम्पाडाँडामा सवारी दुर्घटना हुदाँ गढीका पुडासैनी गम्भीर घाइते

हेटौंडा टुडे
१७ आश्विन २०७८, आईतवार ११:५७

हेटौँडा/ कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन।

शनिबार साँझ लोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा हेटौडा बजार बाट चौघडा तर्फ जाँदै गरेको बा १९ च ५९६९ नम्बरको कारले बिपरित दिशा बाट आउदै गरेको प्रदेश ३-०३-००१ प ४९३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी बस्ने ३८ वर्षीय छविलाल पुडासैनी घाइते भएका छन।

घाइते पुडासैनीको दुबै खुट्टामा भाचिएको र बेहोस अवस्थामै रहेकोले हेटौंडा अस्पतालमा उपचार संभव नभएपछि थप उपचारका लागि चितवन पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले रिमालले बताए।

घाइते पुडासैनी बा १९ च ५९६९ कारको ठक्करबाट उछिटिएर चौघडा बाट हेटौडा बजार तर्फ आउदै दरेको बा ८ च ५९५० नम्बरको डी आई गाडिमा ठोकिन पुग्दा घाईते भएको रिमालले बताएका छन।

ठक्कर दिने कार तथा चालक पुडासैनी ठोक्किन पुगेको डी आई गाडि र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*