शनिबार रक्षादेवी टोलको दोस्रो साधारणसभा सम्पन्न

हेटौडा टुडे
१७ आश्विन २०७८, आईतवार १२:५०

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडामा रहेको रक्षादेवी टोल विकास संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

शनिबार हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा अध्यक्ष बानियाँले संस्थागत प्रतिवेदन, उपाध्यक्ष हरि प्रसाद पौडेलले ऋण समितिको प्रतिवेदन र कोषाध्यक्ष विजय कुमार हुमागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थामा १ सय ३९ जना सदस्य आवद्ध रहेका छन् ।

यस्तै,सभामा नियमित बचत कर्तामा शान्तिदेवी गौतम र असली कारोवारीमा केशव प्रसाद कोईरालालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । साधारणसभामा टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–६ का अध्यक्ष केशव धिताल, प्रज्वल शिक्षा सदनका प्रिन्सिपल गणेश कुमार श्रेष्ठ, संस्थाका उपाध्यक्ष उपेन्द्रबहादुर थापा मगर, सचिव राजकुमार फुयाँल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*