
हेटौँडा/हेटौँडा अटो मोबाइल्स एशोसिएसनले प्रहरी दिवसको अवसरमा दुई ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । सोमवार (आज) एक कार्यक्रमका बिच प्रहरी हवल्दार लिलानाथ हुमागाँई र प्रहरी जवान सन्दिप पट्टेललाई प्रशंसा पत्र र नगद सहित सम्मान गरीएको हो ।
आगामी दिनहरुमा अझै संगठनको निति नियममा रही उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ सम्मान गरिएको हो । उक्त कार्यक्रममा हेटौँडा अटोमोबाईल्स एशोसिएसनका अध्यक्ष सागर सापकोटा र उपाक्ष्यक्ष ऋषि कुमार ढकाल लगाएतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्