कांग्रेस मकवानपुरको जिल्ला पदाधिकारी र १० वटै स्थानीय निकायका नवनिर्वाचित सभापतिहरुसंग छलफल

हेटौंडा टुडे
१८ आश्विन २०७८, सोमबार १६:३५

हेटौँडा/ नेपाली कांग्रेस १४ औं महाधिबेशन अन्र्तगत मकवानपुरका १० वटै स्थानीय निकायमा निर्वाचित गाउँपालिका तथा नगरपालिकाका सभापतिहरु र कांग्रेस मकवानपुरका पदाधिकारीहरु बीच सोमबार जिल्ला पार्टी कार्यालय हेटौंडामा शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम भएको छ ।

नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रममा नवनिर्वाचित गाउँपालिका तथा नगरपालिकाका सभापतिहरुले आगामी पार्टीको कार्ययोजना र पार्टी संगठन बुजबुत बनाउने बारे छलफल भएको थियो ।

कार्यक्रममा जिल्ला पार्टी सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोइराला, प्रतिनिधिसभा १ का संघीय सभापति दामोदर खनाललगायतले आन्तरिक निर्वाचनमा भएको गल्ती कमजोरीलार्ई सच्याउँदै आगामी स्थानीय तहको निर्वाचनलाई पहिलो पार्टी वन्न पार्टी संगठन मजबुत बनाउने बारे आफ्नो धारणा राख्नुभएको थियो ।

कांग्रेसको १४ औ महाधिबेशनका लागि मकवानपुरमा भएको १० वटै स्थानीय तहको निर्वाचनमा कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, थाहा नगर सभापति प्रमोद जोशी, बागमती गाउँपालिका सभापति फणिन्द्र तिमल्सिना, बकैया गाउँपालिका सभापति दीलबहादुर भोम्जन, मकवानपुर गढी गाउँपालिका सभापति राजविर मोक्तान, भीमफेदी गाउँपालिका सञ्जिव श्रेष्ठ, ईन्द्रशरोबर गाउँपालिका सभापति विश्व लामा, कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङ, राक्सीराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बा र मनहरी गाउँपालिका सभापतिमा प्रकाश बर्तौला, निर्वाचित भएका थिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*