
हेटौँडा/ साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेर ९० हजार ३०० रूपैयाँमा कारोबार भईरहेको छ । गत सोमबार सुन प्रतितोला ८९ हजारमा ८०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० रूपैयाँ कायम गरिएको छ ।
यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार १६० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सेयर गर्नुहोस्