
हेटौंडा ६ स्थित चौघडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक घाइते भएका छन।
(आज)मंगलबार साँझ चौघडा बजारबाट हेटौंडा बजार तर्फ जाँदै गरेको ना ४५ प ७८११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रीत भई दुर्घटना भएको हो । सडक छेउमा रहेको प्रहरी चेकीङ बोर्डमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको हो । मोटरसाइकल चालक हेटौंडा-१२ पदमपोखरी बस्ने वर्ष ३३ बर्षीय तिलक प्रसाद दंगाल रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइते दंगाललाई उपचारको लागी हेटौंडा अस्पताल पठाएको र नाक र कोखमा गम्भीर चोट भएकाले थप उपचारको लागि चितवन पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्