जैशवालको संयोजकत्वमा नेविसंघ मकवानपुर–सर्लाही सम्पर्क समिति गठन

हेटौंडा टुडे
२०७८ आश्विन १९, मंगलवार २१:१९ गते

हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरको संयोजनमा हेटौंडामा नेविसंघ मकवानपुर–सर्लाही सम्पर्क समिति गठन भएको छ ।
सर्लाहीबाट मकवानपुरमा आई अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थितिमा मंगलबार सम्पर्क समिति गठन गरिएको हो । नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको भेलाले सोनुकुमार जैशवालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ ।
समितिको सहसंयोजकद्वयमा सुनिल कुशवाह र अनिस राउत, सचिवमा पुरोषत्तम जैशवाल, सह–सचिव सोनिल यादव रहेका छन् । यसैगरी सदस्यहरुमा सकिव आलम,, सिदार्थ यादव, सुनिल कुमार दास, आलोक यादव, कुनाल महतो, रविकुमार कुशवाह लगाएत रहेका छन् ।
नेविस संघ मकवानपुरका सभापति शिवप्रसाद चौलागाईको सभाध्यतामा भएको भेलमा नेविसंघ मकवानपुरका अध्यक्ष राज्ु खतिवडा, विद्यार्थी नेता मिलन पुडासैनी, रौतहट–मकवानपुर सम्पर्क समितिका अध्यक्ष सुकिल राजा, नेविसंघ सिदार्थ माविको निवर्तमान संयोजक बुद्ध बराम लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*