
संविधानसभा सदस्य शेर बहादुर पहारी अध्यक्ष र नगरटोल समन्वय समिती हेटौडाका अध्यक्ष ध्रुर्व अधिकारी सचिव रहेको हेटौडाको एक सहकारी संस्थाले नियम विपरित काम गर्दै आर्थिक हिनामिना गरेको पाईएको छ ।
सहकारीले ऋणिको धितोलाई अन्यत्र बैंकमा राखी आएको रकम ऋणिलाई नदिई हिनामान गरेको पाईएको हो । पहारी र अधिकारीको मिलेमत्तोमा हेटांैडा ४ शितलमहल चोकमा रहेको सजिलो उपभोक्ता सहकारी संस्थाले ऋणीको धितो जग्गालाई आन्तरिक सहमती मात्र हो भन्दै ३ वटा संझौतापत्रमा हस्ताक्षर गराई आफू खुसी अन्य बैकंमा धितो राखेर १६ लाख देखी ४० लाख सम्म रकम चलाएको पाईएको छ । सहकारीले करिव ७ वर्ष अगाडी हेटौडा उपमहानगरपालीका–३ को शिवमाया भ्लोन र उनका श्रीमान श्रीधर रानालाई ऋण दिदा यस्तो गरेको खुलेको छ । आर्थिक समस्या भएपछि ऋणको लागी भ्लोन दम्पती शितलमहल चोकमा रहेको सजिलो उपभोक्ता सहकारी संस्थामा पुगेका थिए ।
तीन लाख ५० हजार ऋणका लागी हेटौडा–५ मा रहेको कित्ता नम्वर ३०८ र १८४१ को ११ कठ्ठा ३ धुर जग्गा सहकारीमा धितो राख्न भ्लोन दम्पती राजी भए । तर भ्लोनलाई सहकारीले कार्यालयको आन्तरिक रेकर्डको लागि भन्दै १६ लाख २० हजारमा सम्झौता गरेको गराएको देखिन्छ । आफूलाई साढे तिन लाख मात्र ऋण भए पुग्नेमा १६ लाखको कागजमा सम्झौता गराउन खोजेपछि भ्लोनले सहिछाप गर्न मानिनन् ।
तर आन्तरीक सम्झौता लागि मात्रै हो भनेपछि उनिहरुले सहिछाप गरेका थिए । भ्लोन दम्पती सहकारील आफूहरुलाई खाली कागजमा पनि सहि छाप गराएको बताउँछन् । सहकारीले भ्लोन दम्पतीलाई विभिन्न मितिमा साढे तिन लाख, १६ लाख २० हजार र ४० लाखको सम्झौता पत्रहरुमा पनि सहिछाप गराएको देखिन्छ । सहकारीले सुरुवात देखीनै यस्तो कर्तुत गर्दै आएको देखिन्छ । साढे तिन लाखमा पनि भ्लोनलाई दुई किस्तामा रकम दिएको स्टेटमेन्टमा फेला परेको छ । उनिहरुले २०७१ पौष १७ गते ७५ हजार र पौष २२ गते २ लाख ५० हजार बुझेको स्टेटमेन्टमा रेकर्ड छ । यो अनुसार उनिहरुले ३ लाख २५ हजार मात्र पाएको देखिन्छ । ऋणिले साढे तिन लाख मात्र रकम लिए पनि सहकारीले उनिहरुको धितोलाई गुमराहमा राखेर मन्जुरीनामा गराएर ऋण थपेको देखिएपनि भ्लोन परिवारले हातमा पाएको रकम तीन लाख ५० हजार मात्र हो । आफ्नै जग्गालाई सहकारीले अन्यत्र राखेर आफूहरुमाथी ठगेको उनीहरुको आरोप छ ।
सहकारिले १६ देखी १८ प्रतिशत सम्म ब्याज लिएको देखिन्छ । ऋणको ब्याजलाई समेत सावामा जोडेर सहकारीले उनीहरुमाथी लुट मच्याएको देखिन्छ ।
साढे तिन लाख ऋण लिदा सहकारीले १० हजारको सेयर र सेवा शुल्क वापत २५ हजार समेत लिएको भ्लोनको भनाई छ । सहकारीले भ्लोनलाई प्रवेश शुल्क वापत पाँच सय,सेवा शुल्क वापत ६ हजार पाँच सय,फारम शुल्क १ सय रुपैयाँ समेत लिएको देखिन्छ । जुन सहकारीको नियमभन्दा बाहिरको हो । ७ वर्षमा भ्लोनले १० हजारको सेयर वापत तीन हजार तीन सय बोनस आफुले बुझेको बताईन । ऋण लिएपछि भ्लोनले बेलाबेलामा सहकारीलाई किस्ता तथा सावा घटाउन रकम तिरेको रसिद समेत आफूसँगै रहेको बताइन् । उनले सजिलो उपभोक्ता सहकारी संस्था लि.को रसिद कटाएर २०७२ असार १५ गते रसिद नम्बर ५९५० मार्फत साँवा ऋण असुली वापत २७ हजार नौ सय ४३ रुपैयाँ , २०७३ चैत्र ३० गते रसिद नम्वर ४७६४ मार्फत साँवा ऋण असुली वापत ५० हजार, २०७५ जेष्ठ ८ गते रसिद नम्वर २४५७ मार्फत साँवा ऋण असुली वापत १ लाख ४९ हजार र २०७६ फागुन ४ गते रसिद नम्बर ५१२९ मार्फत साँवा ऋण असुली बापत ५० हजार गरी दुई लाख ७६ हजार ९ सय ४३ रुपैयाँ तिरिसकेकाछन् । यस बाहेक सहकारी ऐन अन्र्तगत प्रवेश शुल्क १०० रुपैया लिनुपर्नेमा ५ सय समेत लिएको छ ।
साथै सेवा शुल्क एक प्रतिशत लिनुपर्नेमा २ प्रतिशत लिएको छ । यो वापत उनले २०७१ पौष १७ गते सजिलो उपभोक्ता सहकारी संस्था लि.को रसिद नम्बर ३५७९ मार्फत प्रवेश शुल्क पाँच सय, सेवा शुल्क ६ हजार ५ सय, फारम शुल्क एक सय र सेयर वापत १० हजार तिरेको देखिन्छ । केहि दिन अगाडी भ्लोन दम्पती सबै हिसाब गरेर बाँकी रकम तिरेर जग्गा फुकुवा गराउन भनि सहकारी पुगेका थिए । तर, सहकारीले उनिहरुलाई ३५ दिन पछि मात्र जग्गा फुकुवा हुने बताएपछि उनिहरुले कारण खोज्न थाले । सहकारीका अध्यक्ष शेर बहादुर पहरीले जग्गालाई सहकारीले अन्यत्र बैंकमा धितो राखेर आफुहरुले ऋण लिएको बताए । भ्लोन दम्पतीले आफ्नो जग्गा अन्यत्र राख्न नदिएको भन्दै प्रश्न गरे तर उनिहरुलाई अध्यक्ष पहरीले सहकारीसँग रकम नभएपछि यस्तो गर्न बाध्य भएको बताए । प्राप्त जानकारी अनुसार यो सहकारीले सहकारी बैंक हेटौडाबाट ४० लाख ऋण लिएको छ । कार्यालयको आन्तरिक प्रयोजनको लागी मात्रै भनेर सहकारीले भ्लोनलाई ३ लाख ५० हजार,१६ लाख २० हजारमा त कहिले ४० लाख ऋण भनि सम्झौता गराएको पनि प्रमाण खुलेको छ ।
एउटै ऋणमा ३ वटा सम्झौता हुनु अस्वभाविक देखिन्छ । ७ वर्ष देखी सहकारीले भ्लोनको जग्गा धितो राखेर सहकारी बैंकबाट २०७१ पौषमा १६ लाख ५० हजार र २०७७ असारमा ४० लाख निकालेर चलाईरहेको देखिन्छ । यता भ्लोनलाई भने उनैको जग्गा राखेर सहकारीले यत्रो रकम निकालेर चलाएको आफुहरुलाई थाहा नभएको बताएका छन् । ‘हामीलाई सहकारीले जहाँ भन्यो त्यही सही छाप गरिदिएका थियौ । अहिले थाहा भयो कि हाम्रो जग्गा प्रयोग गरेर यत्रो काम भएको रहेछ , ’ उनीहरुले भने । आफुहरुले सजिलो सहकारीमा धितो राखेपनि आफुहरुलाई खाली कागजमा सहीछाप गराएर ठगेको उनीहरुको आरोप छ । सहकारीले उनिहरुकै जग्गा धितोले आएको रकमबाट उनिहरुलाईनै चर्को ब्याज असुली गरेको देखिन्छ । सजिलो सहकारीले ऋणीको धितो प्रयोग गरी अन्यन्त्रबाट ऋण लिई जग्गा धनिलाईनै चर्को ब्याज लिएर ऋण दिएको देखिन्छ । भ्लोन दम्पतीले सहकारीसँग आफ्नो हिसाब किताब माग्दा सहकारीले आनाकानी गर्दै आएको उनिहरुको तर्क छ । सहकारीले भ्लोनको ऋण वापत ७ बर्षमा करीब ५ लाख ब्याज तिर्नुपर्ने देखिन्छ ।
समय समयमा उनले करिब ३ लाख तिरेको पनि छन् । अहिले सहकारीले भ्लोनलाई सावाँ ब्याज गरी ६ लाख ५० हजार तिर्नुुपन देखिन्छ । सहकारीको नियम अनुसार आफुहरु रकम तिर्न तयार रहेपनि आफुमाथि अन्याय भएको उनिहरुको दुखेसो छ । ६ सय बचतकर्ता रहेको सहकारीमा व्यवस्थापन लथालिङ्ग देखिन्छ । सहकारी ऐन अनुसार सहकारीले काम गरेको देखिदैन । ऋणीको जायजेथालाई गुमराहमा पारेर आफूखुसी प्रयोग गरी अरु सहकारी बैंकबाट कहिले १६ लाख ५० हजार कहिले ४० लाख रुपैयाँ निकालेर आफै चलाउने गरेको पाइएको छ । उनीहरुले सहकारीको अध्यक्ष र सचिवलाई कारबाही गर्दै आफूहरुलाई क्षतिपुर्ती दिनुपर्ने माग गरेका छन् । सहकारीको अध्यक्ष पहरीले सहकारीबाट कमजोरी भएको भन्दै ऋणीको सहमतीमा नै आफूहरुले काम गरेको बताएका छन् । उनले भ्लोन दम्पतीले समयमा ऋण चुक्ता नगरेको भन्दै म्याद थप गर्दै लगेकोले आफूहरुले प्रक्रिया अनुसार काम गरेको दावी गरे । यो समाचार सिधाखबर बाट साभार गरिएको हो ।
