मुख्यमन्त्री शाक्यले विश्वासको मत लिदैँ

हेटौंडा टुडे
२१ आश्विन २०७८, बिहीबार ११:२०

हेटौँडा/ बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको नवौँ अधिवेशन आइतबार आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको थियो । प्रदेश सभाको नवौँ अधिवेशन आइतबार दिउँसो ३ बजेको लागि आव्हान गरिएको जानकारी दिँदै सोही प्रदेश अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रस्ताव पेश गर्न लागिएको सरकारका प्रवक्ता केशव राज पाण्डेले बताए ।

आइतबार नै विश्वासको मत लिन प्रस्ताव दर्ता गर्ने तयारी भएको बताए। बागमती प्रदेशको सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै अल्पमतमा पुगेको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिने भएको हो ।

बागमती प्रदेशसभामा हाल ११० जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दल मिलेर बनेको गठबन्धनले नयाँ सरकार गठनका लागि दाबी गर्दै आएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*