
हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा – ३ नम्बर वडा कमिटीको सम्मेलन विहीबार सम्पन्न भएको छ । सम्मेलन पार्टीका बागमती प्रदेश कमिटी सदस्य ललित घलान प्रमुख अातिथ्यता तथा मकवानपुर जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) को विशेष अातिथ्यतामा भएको हो ।
भेलाले ठेसाङ लामा अध्यक्ष रहने गरि ३५ सदस्यीय वडा कमिटी चयन गरिएको छ । उपाध्यक्षमा सोम बहादुर स्याङतान, राम माया छुमी, सचिवमा शुभ भगत घलान, सह-सचिवमा तेज बहादुर रुम्बा, कोषाध्यक्षमा अमीत पौडेल लगायत चयन भएका छन् ।
यस्तै, विवेक गौतम अध्यक्ष रहनेगरी २१सदस्यीय योङ कम्युनिस्ट लिग (वाईसीएल) वडा कमिटी चयन भएको छ ।
उपाध्यक्षमा भुवन पाण्डे, सचिवमा विष्णु माया मोक्तान, सह-सचिवमा भिम बहादुर लो, कोषाध्यक्षमा कृष्ण मोक्तान लगायत चयन भएको नगर पार्टी कमिटी सचिवालय सदस्य हेमन्त रुम्बले जानकारी दिए ।
सम्मेलनमा उपमहानगरपालिका पार्टी कमिटी इन्चार्ज विवेक राई, जिल्ला समन्वय कमिटी सदस्यहरु पुर्ण बहादुर वाइबा, रुपेश बर्तोला, निबन्ध लामा, नगर अध्यक्ष तिर्थ थापा मगर, वाइसीएल मकवानपुर अध्यक्ष राज कुमार मोक्तान, उपमहानगरपालिका ४ नम्बर वडा कमिटी इन्चार्ज लव राज ठकुरी, १२को इन्चार्ज भुवन खनाल, ३ नम्बरको इन्चार्ज सुर्य राई लगायतको अातिथ्यता रहेको थियो ।
