
हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालले आज आफ्नो टिम घोषणा गरेका छन।
हेटौंडाको रोयल प्यालेेसमा बिहीबार साझ गुप्ता नेतृत्व आधिकारिक टिमको घोषणा गरिएको हो । अग्रवालको टिममा बाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट, एसोसियट उपाध्यक्षमा विष्णु खनाल र बस्तुगत उपाध्यक्षमा काव्यमणि अधिकारी रहेका छन् भने सदस्यहरुमा कुल प्रसाद चौलागाई,जाबेद हुसेन,सन्तोष कुमार अर्याल,गणेश प्रसाद भेटवाल,पुष्पराज पुडासैनी,कृष्ण प्रसाद ढुङ्गाना,नीलम बैद्य,भुपेन्द्र प्रसाद अधिकारी,अंकिता सुमार्गी,प्रदीप अर्याल,दिपक खत्री,निलम पाण्डे,श्रीकृष्ण कर्मचार्य , दामोदर पाठक,विकेशलाल श्रेष्ठ,सीता देवी भेटवाल, राजाराम कार्की,अनिल भक्त श्रेष्ठ,कृष्ण हरी बर्तौला,रुपकराज दाहाल,दिपक उप्रेती रहेका छन।

