
हेटौँडा/ हेटौंडामा मानव अधिकारको अवसर र संविधान माथिको चुनौति विषयक अन्तरक्रिया भएको छ । मानव अधिकारको अवसर र संविधान माथिको चुनौतिका बारे तयार पारिएको अवधारण पत्र सार्वजानिक गर्दै नेपालको संविधान २०७२ को धारा १६ देखि धारा ४८ सम्म मौलिक हक संवैधानिक ग्यारेन्टी गरेको अवस्थामा लोकतन्त्रमा मानव अधिकारका विषयहरु ओझेलमा परेको आभाष भएको भन्दै मानव अधिकार सम्बन्धी बलशाली आवाज अहिले सम्म उठ्न नसकेको जनाइएको छ ।
मानव अधिकार संरक्षण मञ्च मकवानपुरको आयोजनामा बद्री प्रसाद खतिवडाको प्रमुख अतिथ्यता र मञ्चका अध्यक्ष अरुण कुमार खतिवडाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संरक्षण मञ्चका संस्थापक सुशील मुडवरी, ऋषिराम पोखरेल, कौशल पाण्डे, मदन दाहाल, शीवदयाल यादव, अप्सरा बस्नेत, सानोभाइ विश्वकर्मा, नवराज शर्मा पत्रकार महासंघ प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम लगायत विभिन्न मानव अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।

