• मकवानपुरगढी गाउँपालिका

निर्माण ब्यवसायी संघ मकवानपुरगढीको शुभकामना कार्यक्रम सम्पन्न्

हेटौडा टुडे
२३ आश्विन २०७८, शनिबार १५:३२

हेटौँडा /  २०७८ सालको विजया दशमी, शुभ दिपावली एवम् छट पर्व को उपलक्ष्यमा निर्माण ब्यवसायी संघ मकवानपुरगढी शाखाले आज सनिवार एक कार्यक्रमका बिच मकवानपुरगढीमा चियापान सहित शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

निर्माण ब्यवसायी संघ मकवानपुरगढी शाखा अध्यक्ष आकाश कुमार गोले सभाध्यक्ष तथा मकवानपुर जिल्ला क्षेत्र नं १ क का माननीय सांसद तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तु को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

मकवानपुरगढी- ३ मक्रान्चुलीमा चएको चियापान कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं २ का क्षेत्रीय सभापति यतिराज सापकोटा ,नेकपा माओवादी केन्द्र मकवानपुरगढीका इन्चार्ज मानकुमारी पाख्रीन , नेपाली कांग्रेस मकवानपुरगढीका सभापति राजबिर मोक्तान , वडा अध्यक्षहरु आइत सिं लो , बखानसिं पाख्रीन र भागवत घिमिरे , लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश समृद्दी कन्ट्रक्सन एण्ड सप्लायर्सका प्रोपाइटर युवराज सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो । त्यसैगरी वडा अध्यक्षहरु आइत सिं लो , बखानसिं पाख्रीन , भागवत घिमिरे , निर्माण ब्यवसायी संघ मकवानपुर जिल्ला प्रतिनिधि भवनाथ अधिकारी निर्माण ब्यवसायी संघका तर्फबाट गोले निर्माण ब्यवसायी संघका प्रोपाईटर राजकुमार गोले , भिजन कन्ट्रक्सन प्रालिका प्रोपाइटर भरत सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*