
हेटौँडा/ चितवनमा बसको ठक्करबाट एक बालककको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकास चोकका ८ बर्षीय बालक रहेका छन् । बसको ठक्करबाट घाइते उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको ना १ प १२८४ नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्