मुगु बस दुर्घटनाः ३२ जनाको मुत्यु, ४ बाहेक सबैको सनाखत

हेटौडा टुडे
२७ आश्विन २०७८, बुधबार ११:२९

हेटौँडा/ नेपालगन्जबाट मुगु आउँदै गरेको छाँयानाथ रारा यातायात प्रालीको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक बस दुर्घटनाका कारण दशैँको बेला मुगु जिल्ला नै शोकमा डुबेको छ । दुर्घटनाको कारण टायर पञ्चर भएको बताइएको छ । मंगलबार उक्त दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको मुगु प्रहरीको भनाइ छ ।

उक्त यात्रुबाहक मंगलबार दिउँसो १ बजे छाँयानाथ रारा नगरपालिका– ७ पिना गाँउको तपनेखोलामा दुर्घटना भएको थियो । उत्त बसमा चालकसहित ४६ जना यात्रुहरु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइड तिरको टायर पञ्चर भई बस अनियन्त्रि हँुदा ५ सय मिटर तल खसेको बताइएको छ । सो क्रममा ३२ जनाको मृत्यु र १२ जना घाइते भएको गएको प्रहरीको बताएकोे हो । २ जना चाहिँ सकुशल रहन सकेका छन् ।

दुर्घटनास्थल पिना गाँउमा रहेको प्रहरी चौकीबाट २ मिनेट टाढा भिरालो मोडमा रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो । प्रहरी गस्तीले ठुलो आवाजमा पड्केको केही सुन्नेबित्तिकै बस भीरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालक तिरको टायर च्यातिएको देख्दा दुर्घटनामा अन्य कारण नभई टायर पञ्चर रहेको अनुमान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक चित्र बहादुर भट्टराईले मृतक ३२ मध्ये २८ जनाको सनाखत भइसकेको बताए । उक्त बसका यात्रुहरु दशैँ बिदामा घर फर्केका काठमाडौँलगाएत अन्य शहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी तथा युवायुवतीहरु रहेको उनले जानकारी दिए ।

मृत्यु हुनेमा १८ जना पुरुष, ८ जना महिला र २ जना नाबालक रहेका छन् । उनीहरुको पहिचान (सनाखत) भइसकेको छ । ४ जनाको भने सनाखत हुन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*