रातोमाटेमा सवारी दुर्घटना, २ जनाको मृत्यु

हेटौडा टुडे
२९ आश्विन २०७८, शुक्रबार २२:५८

हेटौंडा । हेटौंडा-१५ रातमाटेमा यात्रु बोकेको बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।

आज शुक्रबार राति नारायणगढ बाट काँकडभिट्टा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले पथलैयाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा हेटौंडा-१५ बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा-३ बस्ने २२ बर्षीय सुशान्त दियाली रहेको जनाइएको छ । दुवैजनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका छ ।  ठक्कर दिने बस तथा चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*