हेटौँडा/ नेपालीहरुको महान पर्व बडादसैंको टीका र जमरा मान्यजनको हातबाट आज पनि लगाइँदैछ । शुक्रबार नै विजयादशमी भए पनि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशिर्वाद लिने दिने चलन रहेको छ ।
विजयादशमीमा टीका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टीका लगाउन जाने र आशिर्वाद लिने गरिन्छ । ।बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ ।
सेयर गर्नुहोस्

















