हेटौँडा/ कार्तिक ४ गतेका लागि बोलाईएको बागमती प्रदेशको प्रदेशसभा बैठक सार्न नेकपा एमालेले पत्र लेखेको छ ।
एमालेका मूख्य सचेतक दिपक निरौलाले बागमती प्रदेशका सचिव* विष्णुहरी खड्कालाई पत्र लेख बैठकको समय हेरफेरका लागि अनुरोध गरेका हुन् । पत्रमा कार्तिक ४ गतेका लागि बोलाईएको बैठक कात्तिक ११ गतेका लागि सार्न अनुरोध गरिएको छ ।
नेकपा एमालेको वडा अधिवेशन कार्तिक ६ गते र पालिका अधिवेशन कार्तिक ९ गते हुने भएको र प्रदेशसभा सदस्यहरु त्यसमा होमिनुपर्ने भएकाले प्रदेशसभामा सहभागिता हुन नसक्ने जनाईएको छ ।
कार्तिक ४ गते बस्न लागेको बैठकमा मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा टेबुल गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढ्ने जनाईएको छ । प्रदेशसभाको समिकरण अनुसार शाक्य अल्पमतमा छिन् । (*सच्याईएको)
सेयर गर्नुहोस्