बागमती प्रदेशमा विश्वासको मत माथिको मतदान कार्तिक १० गते

हेटौंडा टुडे
५ कार्तिक २०७८, शुक्रबार ११:१५

हेटौँडा/ बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि कार्तिक १० गते मतदान हुने भएको छ ।

बागमती प्रदेशसभाको बिहिबारको बैठकमा विश्वासको मतमाथिको धारणा राख्ने क्रम सकिएकाले कार्तिक १० गते बस्ने बैठकमा विश्वासको मतबारे मतदान हुने भएको हो । सभामुख सानुकुमार श्रेष्ठले संसदमा अर्को बैठकमा मत विभाजन प्रक्रिया अघि बढ्ने जानकारी दिंदै अर्को बैठक कार्तिक १० गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।

नेकपा एमालेले आफ्नो पार्टीको वडा र पालिका अधिवेशन रहेकाले कार्तिक ११ गते बैठक बोलाउनका लागि बुधबार प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो । विहिबार दिउँसो बसेको दलहरुको छलफलमा कार्तिक १० गते बैठक बोलाउने सहमति भएको थियो । कार्तिक १० गते नै सबै प्रक्रिया टुंग्याउने सहमति भएको नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

मत विभाजनमा प्रदेशसभाको समिकरण अनुसार मूख्यमन्त्री शाक्यविरुद्धको गठबन्धनसंग नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकिकृत समाजवादीका १३ र जनता समाजवादीका एक गरी ५९ सांसद छन् रहेको छ भने शाक्यको दल नेकपा एमालेसंग ४३ सांसद छन् । त्यस्तै, विवेकशिल साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ सांसद रहेका छन् । समिकरण अनुसार शाक्य विरुद्धको गठबन्धनमा बहुमत देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*