
हेटौँडा/ नेपाली बजारमा शुक्रबार सुनको मुल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । गत बिहिबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार पनि प्रतितोला सोहि मूल्यमा कारोबार भईरहेको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।
शुक्रबार १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।


सेयर गर्नुहोस्